Posts

Showing posts from May, 2018

हुडलिएको मन

यो मनमा आज पनि शब्ददरु,  प्रश्नहरु हुडलिए  र पुगे मष्तिष्कका कुनाकाप्चा हुर्याउदै र लतारदै  विचारका भङ्गालाहरुको भेल ले

म को प्रश्न

म को हु ? प्रश्न बारम्बार दोहोरिरहन्छ, गुञ्जिरहन्छ मानसपटलमा मनोविचरण बिना पनि लाग्छ स्वासप्रस्वासको हरेक पहरसँगै ती आयात अनि निर्यात हुन्छन् र मुटुको प्रत्येक स्पन्दनसँगै उद्वेलित पनि ।  ' म ' को व्यापकता माथिको विविधता सायद आसिमित छ फगत केही बिम्बहरुको साहयता त्यसैले निरर्थक हो तिनको संग्रहबाट नि:सृत दर्शन एक सुक्ष्म पहलु हो लाग्छ कहिलेकाही ती डोग्मा(Dogma)को कालोपट्टी हो पत्रैपत्र भएको प्याजमाथीको थप एक पत्र हो यो प्रश्नैप्रश्नको जालोमा गुजुल्टिएको अनुत्तरित म को प्रश्न ।