Posts

Showing posts from May, 2017

केरकार

म मेरी कान्छी दिदिको निवासको प्रथम तल्लाको प्रथम देव्रे घुमाइ पछि पुगिने अन्दाजी २० × ९को कोठाभित्रको दाहिनेमा पर्ने सोफामा उपरखुट्टी लगाएर आकाश चढ्न उद्दत भाष्कर र उसकै चमकले देखिएको नागवेलीमा आवतजावत गरिरहेका मानव र मानवीय साधनहरु नियाल्दै छु ।  स्यारस्यार... स्यारस्यार... स्यारस्यार ट्याकट्याक टुकटुक... ट्याकट्याक टुकटुक । म अगाडि ठिङग उभिएकि अन्दाजी एकफुटे महोगनी(Mahogany) टेबुल एम्ब्रोइडर्ड(embroidered) ... (नामै आएन, दिदिलाई सोधे "रुमाल"रे) , र रुमालै, ओढेर बसिरहेकी छ।कोठामा उपस्थित अर्को पात्र, दिदिको जेठाजु, टेबुलको टाउकामा अड्याइएको इनभोइसको थाक छिचोल्दै क्यालकुलेटरका किज थिच्दै बलपेन कुदाउदै छन् होलसेल व्यापारको प्रतिस्पर्धामा । फुर्सद मिल्छ कि अलिकति, क्यलकुलेटरबाट हात हट्छ,कलमको रफ्तार घट्छ अनि शुन्यमा झर्छ र  उद्देगलाग्दो दौडको कारणले हो वा अर्को पात्र उपस्थितिको अवगतले हो "च्याँ खाइयो त बाबु? " को प्रश्नवाचक मेरो अगाडि तेर्सिन्छ। "अँ, मैले त खाइसके" को जवाफमा प्यय पदार्थ पनि खाइसकेको हुन्छु । फेरि उनको ध्यान क्यलकुलेटर तिरै फर्किन्छ अनि दौडिन...