शिशु अस्तित्व
एकछिन आँखा चिम्म गरेर केही पाइला सार्न खोजे, सकिन सकिन उठाउन गाडिएका दुई खम्बा, फगत कम्पन बाहेक टसमस पनि भएन फेरि अर्को जमर्कोमा लगाम छुटेजस्तो भयो भय हो या त केहि पैताला केहि सलबलाउन थाल्यो एकदुई कदम अगाडि के बडेको पृथ्वीको परिक्रमा तिव्र भयो; बन्धु! लग्लगाउदो आधारको भर कहाँ लोचनलोक परित्याग गर्ने महात्मा म कहाँ अतिरञ्जित आकर्षणको विकल्प आकारविहिन शिशु अस्तित्व कहाँ ।