Posts

Showing posts from October, 2018

कालो मसि

यो कालो मसिको साहयताले म के गर्दैछु ? मलाई कोर्दै छु या केर्दै अनि कोतर्दैछु आफैलाई यी तिखा सुइराले, बारम्बार, अनवरत ? क-ज्ञ को परिधिभित्र कैद रहेर मैले भ्रमनगरीको मात्रै भ्रमण गरेको छु अहिलेसम्म, एक्लै । हिडेको छु गल्ली र गोरेटोहरु यायावर सरि सार्दै आफ्ना पाइलाहरु एकपछि अर्को काइकुइ र कल्याङमल्याङको कोलाहल  हुदै । ग्राफिटीले ढाकेको भित्ता जस्तो, ट्याटुले छोपेको शरीर जस्तो ल्यान्डफिल नबनोस् यो कालो मसिको कलमको थुप्रोले ।।