के तिमी त्यहाँ गयौ ?
के तिमी त्यहाँ गयौ जहाँ आजकाल सबैजसो धाउने गर्छन् के तिमी त्यहाँ गयौ जहाँ जोस र होसलाई हत्केलामा राख्ने गर्छन् के तिमी त्यहाँ गयौ जहाँ मिलन र बिछोडका विन्दुहरु अनगिन्ती हुन्छन् के तिमी त्यहाँ गयौ जहाँ आवरण र वस्त्रहरुको बाजर लाग्ने गर्छन् के तिमी त्यहाँ गयौ जहाँ भावनाहरु यत्रतत्र भौतारिइरहेका हुन्छन् के तिमी त्यहाँ गयौ जहाँ आकाशगंगा र निस्पट्ट निशा एकाआपसमा समाहित हुन्छन् के तिमी त्यहाँ गयौ ?