Posts

Showing posts from April, 2016

भूकम्पको याद

खुल्ला आकाश सुर्यको हसिलो उपस्थिति   पवन, पर्यावरणको व्यस्त दैनिकी  चराचुरुङगिको चिरबिरे माधुर्यता  चम्किला अनुहारका बालबालिका  माझ, खासखुस दायाँ र बायाँ छ  ख्यालठट्टामा लुकेको खुलदुली छ  समय र परिस्थितिको छलफल छ  हिजो र आजको समिक्षा छ  उत्साह र उमंगको वसन्तको साथै  सुन्दर शान्त प्रकृतिको प्रार्थना छ  तर निन्याउरो छ अनुहार   हजुरबुबा, हजुरआमा, भाइबहिनी  आफ्ना चौपायाको यादमा  शिशिर जीवन्त पाल भित्र न्यानो छतको यादमा  छारेरोगले भन्भन्याउदै मुर्छा परेकी आमाको  यादको बाबजूद   शुभप्रभात !  शुभदिन अनि सन्ध्याको कामना छ  पृथ्वीले अर्को एक फन्को लगाएको दिन     न्यास्रो भूकम्प तिम्रो छ      ||

भयसँगको जम्काभेटमा

Image
Source:www.theoverheatedpixel.devianart.com सुसाउदै गरेको शितल पवन संगै पाइला चाल्दै गर्दा  साक्षात्कार भएको आकृतीको आभाषले मेरो मुटुमा नै चिसो पस्यो,  चिस्यानको त्यो प्रवाह संगै हल्लिएको मुटुले  सम्पूर्ण कायमा कम्पन पैदा गरिदिँदा लाग्यो,  सायद मेरो इमारत अब ढल्यो "                       ढल्यो र बजारियो माटोमा             "  लड्खडियो अनि लम्पसार आफ्नो छातीमा   आधारस्तम्भ बलियो अग्राखमा           लाग्यो धिमक सारा यो शरीरमा            गिरि जमिनमा मिल्यो एकै पटकमा                माटोमा ठक्कर खाए कठै ती अङ्गअङ्गमा                    ढले र बजारिए म, माटोमा   तर लुलाहातखुट्टा भए तापनि  पराकम्पन दोहोरिरहे तापनी  उठ्न खोजे त्यही पहिलेको चिसो पवनलाई लिइ  स्वासप्रस्वास शरीरमा धेरैकम भए तापनि  युसेन...

REVOLT

The conflagration rises up to kiss the sky  so dreaded of losing it's very existence for the vicious rise has no perchance to evade  for an engulfing climax it reaches to.  No ceasing, no respite, no mercy  sky suffers the plight and succumb it's likely to,  No letting of, no holding back  grudges for ages poured as molten lava, and burning ash,  Acrimony and wails desperate for salvation  long oppressed under fiery regime longing for liberation  done oppressed, suppressed, subjugated and silent  the movement to emancipation, struggle for identity  revolt against tyranny, transition to revenance              all unfolding at once.

हाम्रो बालापन

हाम्रो बालापन झगडा, गफ र गल्तीहरुको थियो  आवेश, आवेग र अनुशासनको थियो   सहयोग, सहकार्य र समझौताको थियो  मस्ती, मजाक र मनोरञ्जनको थियो   हिम्मत, साहस र निर्भीकता थियोे बठ्याँई, बुलन्द र बेकामे थियो  हाम्रो बालापन खुल्ला सिमानाको गाउँ थियो  खुल्ला आकाशको ठाउँ थियो   खुल्लम खुल्ला हाम्रो चल-खेल थियो  बगैँचा फूलको साझ थियो  माली गोडमेलमा मख्ख थियो  रंगीचंगी शृङगार थियो  हाम्रो हिजाे, आज र भोलि पनि उस्तै थियो, छ र  ...  बिहानी र बेलुकी उस्तै थियोे   मित र प्रित उस्तै थियो  म र हामी एउटै थियो   मीत र प्रित एउटै थियो   राम्रो या नराम्रो होस् त्यो हाम्रो बालापन थियो ।

अत्यावश्यक पत्रहरु

Image
तिमीले पठाएका अनगिन्ती पत्रहरु  बिचमै बेवारिसे भए कुन हुलाक रोज्यौ खै तिमीले  परेन हातमा तिम्रा पत्र  आतुर र व्यग्रताको वसन्त र शिशिर कैयौं काटिसक्दा पनि ।  सडकपेटीमा फेला परेथ्यो एउटा   अनगिन्ती कुल्चन, खुट्टाधसाईले   मृत्युशैयामा पुगेका तिम्रा शव्दहरु केही भन्न खोजीरहेका थिए  तर दुर्भाग्य घिटिघिटीमै पत्रले दम ताेड्याे सदाकाे लागि ।   वीतृष्णा र बेचेन मन लिइ  म भौतारिइरहे  ती सडक छेउछाउ   संयाेगले अर्को पत्र पनि फेला पार्ने आणविक आशामा,  तर मैले  पाइन, भेटिन तिम्रा पत्रहरु  नयन गुगल बन्दा पनि ।   अनावृष्टि जिन्दगीमा तिम्रा शब्दहरुको वर्षात अत्यावश्यक छ  सृष्टि जोगाइराख्न अत्यावश्यक छ  अस्तित्व कायम राखिराख्न  देह, दिमाग र दिलमा सास बाँकि राख्न   तिम्रा पत्रहरु अत्यावश्यक छन् ।।

Early Morning Story

 The speaker blows, and fills in ears   with plenty the lyrical notes  emotions, list beating in a moving orchestra .   Soulful, classical often times  hiphop, contemporary more often  and yes the rock, metal is there  blurting the heart out at once.   It helps,  helps few jiggle/mingle  and, helps few homies to swag and wiggle.  Cool !   Calm if ever the ambience   a gig goes impromptu  the intensity reaches fever pitch  and pandemonium is at it's peak.   Some flow with it  others have to invariably it blurts will you or not  listen you have to.

You keep me to myself

Your cheerful face in full bloom  soaks all my displeasure bleaching out all the frustrations and the fumes. Your caressing fingers balm my head, bruised and scarred by the unrelenting blows  of fear, anxiety and apprehension. Your soothing tone to treat my dissatisfaction and grumbles  rings me awake to life.  A perpetual ore of kindness and courage  you are a few of those who'd rather matter than mind, You fill my heart with nectar of joy and joviality,  You make me relive my dreams  through the drafts of thwarts and threats, You keep my shape whenever I am about to melt, keep the fire burning even it always seems to douse, You keep me to myself.

तीखो ध्वनि

बिहानी, उषाकाल अलि परै थियोे  जून माइत गएको दिन थियो  शान्त हावा, जस्तै स्थिर  थियो  सुषुप्त म, सपना न्यानो थियो   खुला, सुकिलो आकाश थियो   ताराहरु बिच लुकाछिपी थियो   एकाकक सुनियो तीखो तीखो                           चिच्याहट चर्को ध्वनिको                        

प्रकृति

रंगिन किरण, रंगिन लीला अलौकिक थलो, स्वर्ग होला  रमणीय बस्ती, प्रकृतिक छ्टा स्वच्छ, कञ्चन स्वप्न आकाशगङ्गा,  हरित पर्यावरण, प्रफुल्लित वातावरण श्रव्य र ध्वनिको उचित समायोजन  कोयलको झै मिठास, सुमधुर संगीत,  भिन्न अनुभूति, स्वर्गीय सादृश्यता,  ब्युझिएको प्रकृति, ब्युत्पन्न सृष्टि वैभवले भरिपूर्ण    ||

राम्ररी

यो गर त्यो गर गर राम्रोसँग राम्रो के हो यसो मलाई भन राम्रोसँग,  त्यो मिलेन याहाँ यसो कति हो र कसो ? सिकिएन सिकाइएन किन यस्तो खेदो ? यो गर, त्यो गर यसरी अनि उसरी  बुझेको सुझेको केहि छैन गरे मैले मेरै गरि,  हरे शिव, हरे राम हो किन यो यसो  आवश्यकता के हो, किन हो यो यस्तो   कराइ र गराइको नाप्न नसकिने दूरी  दरार  सोच र गराइको पुर्न नसकिने गरि ||

मन लाग्यो

 व्यग्रता, नविन आयमको,  म भित्रको प्रणेता, अन्वेषक उत्सुक थियो  खोज बिनासित्तीको ।  लुतो लागेको मेरो दिमाग  कौतुहलताले चिलाईरह्यो, छिट्याउदै गरेका विचारले  एकाएक मुसमधारे भइ रुझाउन थाल्यो ।  सम्भावनाको चञ्चल लहरामा  झुला झुलि गर्न​ मन लाग्यो,  अपार, कञ्चन, शितल कुण्डमा   डुब्की मार्न मन लाग्यो ।  लिपि ती समझपारीका तर पनि लेख्न मन लाग्यो  कलमका धाराबाट मसि सिँचाइ गर्न मन लाग्यो  गोलाकार ती वस्तुसँग खेलिरहन मन लाग्यो,  जगत गुञ्जिएका सुमधुर संगीतको साधक बन्न मन लाग्यो ।।

DEAD EVENT

An outlying menace that's upon them,  a spell casted, conspiracy plotted within.  An impending malice leasing a dead event.

जिन्दगी

जिन्दगी एउटा रित्तो डुङ्गा थियो  पानीको प्रवाह साधारण, स्थिर थियो  डुलथ्यो, रुमलिन्थ्यो, आफ्नै धुनमा थियो  ||

तिम्रो संसार

कोमल तिम्रो स्पर्शको  मन्द तिम्रो मुस्कानको   शितल तिम्रो केशको   अदाकारी भए म त दिव्य तिम्रो स्वरुपको ।  चंचल ति नयनको व्यग्रता  तिम्रो ओठको अस्थिरता   बोलाइको रनभुल्लमा रुमलिए म  रोमाञ्चक तिम्रो रहस्यको । अलङ्कार र आभूषण तिम्रो  शिष्टताको स्वच्छ्ता त्यो   कोमल हृदयको अलौकिक,  स्वर्गीय तिम्रो मनोजगतकाे  संसारिक मोहमा परे म  लालायित तिम्रो संसारको ।।

MYSTERIOUS YOU

Image
Source:www.flickr.com The dark you faded to  so deep and drowning, The voice in you  so faint and fumbling.   The place you've gone to,  I try to get there.  Remain stuck on the threshold  my feet tremble dear.  I try to feel you, Try to sense you  with a deep breath of fresh air,  Silence I seek sometime and silence I recline to,  Yet in it thunders,  roars howls, and wails a piercing cry.  Walking on those trails  you once did, Searching your footsteps,  Plotting and tracing out the contours  vivid it seems but mirage it turns out.

जब म काठमाडौँ पस्छु

 अत्तरको बास्नाले काठमाडौको यात्रा आरम्भ हुन्छ मेरो,   बिहानी मिर्मिरेमा धूप झै बास्ना आउने गर्छ,  सडकपेटिका सबेरैका अस्थायी चियापसलमा  उम्लिरहेको तात्त्तातो चियाको,  समयको गतिसँगै बढ्छ चहलपहल   अनि सुरुवात हुन्छ  गन्तव्य बिनाको या मानिएको गन्तव्यको भागदौड ।  यो भागदौडको दृश्य  कुनै चलचित्र सुरु हुँदाका विज्ञापनहरु जस्तै लाग्छ  प्रत्येक चलचित्रमा दोहोरिने यी,   हरपल छायांकन गर्नुपर्ने यी,  उराठलाग्दा दृश्यहरु ।  यसलाई पछाडि छोड्दै  म पनि आफ्नो कथित गन्तव्य तिर लम्कन्छु  खुट्टाका पाइला बिस्तारै चाल्दै, आफ्नै दिशा दिदै ।   तर एकदुई पाइलामै खुट्टा दायाँबायाँ मोडिन्छ  बिहान बिहानै उठि कुचा लगाउनेहरुको देनले  वातावरण सारा रङमगिंन्छ,  शरीरमा अत्तरको श्रोत भएका मान्छेहरुको देनले,  मेरो बाटोमा दैनिक एक पोकाको सहयोग आउँछ ।   टोपी खस्ने इमारत भएकाहरुको देनले  काठमाडौ पहिला एउटा विशाल पोखरी भएको  इतिहास अझैसम्म जीवन्त छ,  पहाडिया कहलिनेहरु,  तराईमा ह...

आमाको सुगन्ध

 मेरि आमाको सुगन्ध कलकल बग्ने पानीमा,  मेरि आमाको सुगन्ध वन, पाखा र बगैंचामा,  मेरि आमाको सुगन्ध फिरन्ते पवनमा      ।  मेरि आमाको सुगन्ध छरिएका,  छछल्किएका पोखिएका,  फैलिएका छन् यत्रतत्र, सर्वत्र यस परिचित सेरोफेरोमा,   यो मग्मगाउँछ आफ्नो सुवास लिइ  प्रकृतिको न्यानो कोखमा     ।| अत्तरमा यो एउटा अनुपम महिमा   पुष्पगणबीच छ यसको एक छुट्टै गरिमा   प्राचीन प्रादूर्भाव देखि वर्तमानमा  पुस्तौपुस्ता देखी नवजात शिशुमा,  जलचर या त धर्तीका रचना  सप्पन्न सबै मेरि आमाको सुगन्धमा  मेरि आमाको सुगन्धमा     ।।|

प्रकृति

Image
Source:www.pexels.com प्रकृतिको प्रक्रियामा गुम्सिएको,  थिचिएको,पिल्सीएको हालत  सङघर्ष, सामर्थ्यको अमुल्य लागत  कोचाकोच, ठेलमठेलमा जिन्दगीको स्वागत   क्रोदन र रोदन दुबै साथसाथ ।।  प्रचण्ड पराक्रमको भीषण प्रतिस्पर्धा   आत्तिएको, हतासिएको, चिन्तित अनि  व्यग्र त्रसले ग्रसित पिरोलिएको रित  हानी, चोट दिने बदनियत मित ।।   दुर्व्यवार, दुर्भावको दयनिय दुर्दशामा  सङकिर्ण, सानो सुन्दर संसारमा  शोकाकुल शाब्दिक शान्तिबिच  खडकिलो खुसीको खोजीमा   ठेलम्ठेल, ठक्कर र ठगीमा   पिरोलिए प्रकृतिको प्रवीण प्रक्रियामा ।।

म खोज्दैछु

Image
Source:www.googleblog.blogspot.com                               सधैजसोको भीष्म प्रतिज्ञा तोडि  गर्छु भनेको र गर्नुपर्ने काम राख्दै थाती आजको यो दिन पनि त्यसै बित्यो साथी अनि, गुनगुनायो एकाएक मन शान्त मध्यराति --- " गर्छु अब जे जसो भएपनि गर्छु  "  थोरै पुरा   नभ्याए पनि  गर्छु अहिले, इच्छा र मन टाढिएपनि  गर्छु साहस आटिँलो म नभएतापनी  -- - कर्तव्य र कर्मको सुस्त अनि लगभग शून्य गति  मिहिनेत र परिश्रम गर्ने मन चोरिभएको बेथिति  विशाल सपनाहरु सूक्ष्म, क्षुद्र भइ विलिन हुने स्थिति  सक्षम, सबल भएपनी सार्थकताको परीक्षामा अनुत्तीर्ण भएको मिति  -- पर्खीरहेको छु जस्तो लाग्छ आफैँलाई  जीवन जिउने क्रममा रुमलिएजस्तो लाग्छ  ...... आफैँलाई   " जीवनरुपि सागरमा तैरिन सिक्दैछु म "  भविष्यको क्यान्भासमा केही कोर्न खोज्दैछु म  कोसौको लामो दुरि छिचोल्न खोज्दैछु म  थाहा छैन गगनको पता, तर पनि एकदिन अवश्य पुग्ने आशामा,  पाइला चाल्दैछु म  स्वर्ग ...

माया

Image
Source:www.jenellbstewart.com नयनको सामुन्ने यो चम्किलो तेजिलो, प्रखर, प्रज्वलनशिल गोलो  हावामा अन्तरङ्गको प्रवेग एक्कासि बढेर आएजस्तै छिटो  रेटिनामा खिचि ल्यायो सुन्दर तिम्रो फोटो ।। ज्वलनसिल त कहिले न्यानो चम्किलो छ आकृति तिम्रो लौ ! दिन र रात एकैनास हुने   कस्तो अनुभव हो ।।  विलिन हुने, ब्लयाकहोल हुने छैन शताब्दी यो रहिरहने अन्त्य यसको छैन  अजर अमर रहनेछ युगान्तकारी माया अटुट, मज्बुत गाँसिएको साइनो दायाँ बायाँ ।।

YES YOU DID

Midst Scylla and Charybdis you pulled away, Crushing my delicate little heart.

THE MYSTERY YOU

Unfolding right before me yet I am unable to properly notice   The mystery called you.

मेरी उनि

चिटिक्क परेकि, श्रृङगारले सजिएकी  धपक्क बलेकी  मेरि उनी  जब​ चंचल चक्षुले पर्दा चलाई, हटाई  तिर्मिर्‍याउदै नजरको इशारा गर्छिन्  ती कोमल ओठको गुलाबी श्रिङ्गार  मन्द हँसाइले मलाई  केहि सुसेलेको जस्तो गर्छिन  तर दुर्भाग्य श्रवण र श्रव्य दुबैमा दुर्बल     म  टिप्न असमर्थ छु          तिम्रा ती प्रसारणहरू     ||

That Day

Image
The day when my feet were loose  my heart left it's place,  And reached at mouth  with the beat of a drum  aloud enough to entertain metal heads a few.  Shivers down my spine  stoned me gradually to numbness,  Silenced "the panorama" before me  empathized with the suffering and stood standstill.  Retrieve my senses, I couldn't.   Feel being carried away to the haven, to the tranquil biosphere   solace in desperation.  Tears begged to roll down,  the head bowed and lied down.  Nostalgia haunted and hallucinations worn me out.  Threw the mighty blow,  strong enough it knocked me  out at the first go, and  left me unconscious in the bed of sorrow.