माया

Source:www.jenellbstewart.com


नयनको सामुन्ने यो चम्किलो तेजिलो,
प्रखर, प्रज्वलनशिल गोलो 
हावामा अन्तरङ्गको प्रवेग एक्कासि बढेर आएजस्तै छिटो 
रेटिनामा खिचि ल्यायो सुन्दर तिम्रो फोटो ।।



ज्वलनसिल त कहिले न्यानो
चम्किलो छ आकृति तिम्रो
लौ ! दिन र रात एकैनास हुने
  कस्तो अनुभव हो ।। 



विलिन हुने, ब्लयाकहोल हुने छैन
शताब्दी यो रहिरहने अन्त्य यसको छैन 
अजर अमर रहनेछ युगान्तकारी माया
अटुट, मज्बुत गाँसिएको साइनो दायाँ बायाँ ।।

Comments

Popular posts from this blog

Give a minute