राम्ररी
यो गर त्यो गर गर राम्रोसँग
राम्रो के हो यसो मलाई भन राम्रोसँग,
त्यो मिलेन याहाँ यसो कति हो र कसो ?
सिकिएन सिकाइएन किन यस्तो खेदो ?
यो गर, त्यो गर यसरी अनि उसरी
बुझेको सुझेको केहि छैन गरे मैले मेरै गरि,
हरे शिव, हरे राम हो किन यो यसो
आवश्यकता के हो, किन हो यो यस्तो
कराइ र गराइको नाप्न नसकिने दूरी
दरार सोच र गराइको पुर्न नसकिने गरि ||
Comments
Post a Comment