तिम्रो संसार
कोमल तिम्रो स्पर्शको
मन्द तिम्रो मुस्कानको
शितल तिम्रो केशको
अदाकारी भए म त दिव्य तिम्रो स्वरुपको ।
चंचल ति नयनको व्यग्रता
तिम्रो ओठको अस्थिरता
बोलाइको रनभुल्लमा रुमलिए म
रोमाञ्चक तिम्रो रहस्यको ।
अलङ्कार र आभूषण तिम्रो
शिष्टताको स्वच्छ्ता त्यो
कोमल हृदयको अलौकिक,
स्वर्गीय तिम्रो मनोजगतकाे
संसारिक मोहमा परे म
लालायित तिम्रो संसारको ।।
Comments
Post a Comment