मन लाग्यो





 व्यग्रता, नविन आयमको,
 म भित्रको प्रणेता, अन्वेषक उत्सुक थियो
 खोज बिनासित्तीको ।



 लुतो लागेको मेरो दिमाग
 कौतुहलताले चिलाईरह्यो,
छिट्याउदै गरेका विचारले 
एकाएक मुसमधारे भइ रुझाउन थाल्यो ।




 सम्भावनाको चञ्चल लहरामा
 झुला झुलि गर्न​ मन लाग्यो,
 अपार, कञ्चन, शितल कुण्डमा 
 डुब्की मार्न मन लाग्यो ।



 लिपि ती समझपारीका तर पनि लेख्न मन लाग्यो 
कलमका धाराबाट मसि सिँचाइ गर्न मन लाग्यो
 गोलाकार ती वस्तुसँग खेलिरहन मन लाग्यो,
 जगत गुञ्जिएका सुमधुर संगीतको साधक बन्न मन लाग्यो ।।

Comments

Popular posts from this blog

Give a minute