मेरी उनि
चिटिक्क परेकि, श्रृङगारले सजिएकी
धपक्क बलेकी मेरि उनी
जब चंचल चक्षुले पर्दा चलाई, हटाई
तिर्मिर्याउदै नजरको इशारा गर्छिन्
ती कोमल ओठको गुलाबी श्रिङ्गार
मन्द हँसाइले मलाई
केहि सुसेलेको जस्तो गर्छिन
तर दुर्भाग्य श्रवण र श्रव्य दुबैमा दुर्बल
म टिप्न असमर्थ छु
तिम्रा ती प्रसारणहरू ||
Comments
Post a Comment