जब म काठमाडौँ पस्छु






 अत्तरको बास्नाले काठमाडौको यात्रा आरम्भ हुन्छ मेरो, 
 बिहानी मिर्मिरेमा धूप झै बास्ना आउने गर्छ,
 सडकपेटिका सबेरैका अस्थायी चियापसलमा
 उम्लिरहेको तात्त्तातो चियाको,
 समयको गतिसँगै बढ्छ चहलपहल 
 अनि सुरुवात हुन्छ 
गन्तव्य बिनाको या मानिएको गन्तव्यको भागदौड ।





 यो भागदौडको दृश्य
 कुनै चलचित्र सुरु हुँदाका विज्ञापनहरु जस्तै लाग्छ
 प्रत्येक चलचित्रमा दोहोरिने यी, 
 हरपल छायांकन गर्नुपर्ने यी, 
उराठलाग्दा दृश्यहरु ।




 यसलाई पछाडि छोड्दै 
म पनि आफ्नो कथित गन्तव्य तिर लम्कन्छु 
खुट्टाका पाइला बिस्तारै चाल्दै, आफ्नै दिशा दिदै । 




 तर एकदुई पाइलामै खुट्टा दायाँबायाँ मोडिन्छ
 बिहान बिहानै उठि कुचा लगाउनेहरुको देनले
 वातावरण सारा रङमगिंन्छ,
 शरीरमा अत्तरको श्रोत भएका मान्छेहरुको देनले,
 मेरो बाटोमा दैनिक एक पोकाको सहयोग आउँछ । 




 टोपी खस्ने इमारत भएकाहरुको देनले 
काठमाडौ पहिला एउटा विशाल पोखरी भएको 
इतिहास अझैसम्म जीवन्त छ,
 पहाडिया कहलिनेहरु, 
तराईमा होइन अतिक्रमण यहाँ झन् यहाँ तीव्र छ ।




 खोच्याउदै खुट्टा अगाडि बढ्छु
 खुम्च्याउदै नाक अगाडि बढ्छु
 फडकिदैँ, तर्दै पोखरीहरु म अगाडि बढ्छु 
र अगाडि हेर्छु, अनि परैबाट ठेलगाडीहरूको भिडदेखि 
म पछाडि सर्छु
 पछाडि, पछाडि, पछाडि सर्छु ।




 गल्लीहरुको शहर हो रे 
गल्ली यहाँ हजारौं 
 गल्लीमा रुमलिएका, गलेका पात्र लाखौ, 
शिवध्वानी जगाउने गल्लीहरु 
मायाप्रेमका गल्लीहरु
 क्रिडास्थल गल्लीहरु 
कामदेवका गल्लीहरुका
  अनगिनत गल्लीहरु । 




 नेपालको ७६ औ जिल्ला भन्छन् 
 विविधताको लाग्छ मेला भन्छन् ,
 मन्दिरहरुको महल भन्छन् 
 स्तूपहरुको धड्कन भन्छन्, 
नेवारहरुको वस्ती भन्छन्
 नेताहरुको वस्ती भन्छन्, 
बौद्धिक वर्गको राजधानी भन्छन् 
 बौद्धिक सर्गर्मिको रणभूमी भन्छन् 
 काठमाडौ ! ए काठ्माडौ !




 तर जब म काठ्माडौ पस्छु,
 बचेकुचेका चौतारीमा बसी 
केहिबेर आफ्नो मनमस्तिष्कमा पस्छु 
म काठ्माडौ कुरुप देख्छु, 
भेद, व्यभिचारको भवसागर चुर्लुम्म पाउँछु
 मरुस्थलको अपार बालुवा देख्छु 
जब म काठमाडौ पस्छु ।।

Comments

Popular posts from this blog

Give a minute