प्रकृति
![]() |
| Source:www.pexels.com |
प्रकृतिको प्रक्रियामा गुम्सिएको,
थिचिएको,पिल्सीएको हालत
सङघर्ष, सामर्थ्यको अमुल्य लागत
कोचाकोच, ठेलमठेलमा जिन्दगीको स्वागत
क्रोदन र रोदन दुबै साथसाथ ।।
प्रचण्ड पराक्रमको भीषण प्रतिस्पर्धा
आत्तिएको, हतासिएको, चिन्तित अनि
व्यग्र त्रसले ग्रसित पिरोलिएको रित
हानी, चोट दिने बदनियत मित ।।
दुर्व्यवार, दुर्भावको दयनिय दुर्दशामा
सङकिर्ण, सानो सुन्दर संसारमा
शोकाकुल शाब्दिक शान्तिबिच
खडकिलो खुसीको खोजीमा
ठेलम्ठेल, ठक्कर र ठगीमा
पिरोलिए प्रकृतिको प्रवीण प्रक्रियामा ।।

Comments
Post a Comment