बाटाहरु




Source:jonhrognerud.com





 अटुट बाटाहरु मेरो अगाडि
 जाने कता हुन्, कता जाने हुन् थाहा छैन 

 अनगिन्ती हाँगाबिँगा पलाएका यस्का
अनन्त, अनन्त 
 पाइला चाल्ने र उत्सुकता अंगाल्ने लतले 
 मन थाम्न असम्भव जत्तिकै छ 
नवीन नजारा, नयाँ जीवन अनि नयाँ सम्भाव्यताको खोज 
आवश्यकता हैन आदत भएको छ 
आकृति अनेकन बाटाहरुमा
 अनेकौं दिन, अनेकन दिल 
अनेकौं मन मस्तिष्क अनेकन 
भएका बाटाहरु हिंड्दै गर्दा
डुल्दै गर्दाको दृश्य रमणीय त कहिलेकाहीँ उराठलाग्दो छ
 मिलन खाल्डाखुल्डी, उकाली ओरालीसँगको छ 
मिलन धूलोका कणसँगको,
मिलन पक्की कच्चा, चट्टाने हिलाम्मे बाटाहरुसँगको ।।

Comments

Popular posts from this blog

Give a minute