खिरका दानाहरु





खिरका दानाहरु !
 बाफ उडिरहेको कसौंडीबाट आएको गुलियो सुगन्ध
 आहा ! मुख नै रसाउने
 ताता तर कोमल खिरका दानाहरु
 एकअर्कासँग उठि-बसि खेल्दै 
 घर सर्ने सल्लाह गर्दैछन् 
 गुजुगुजु
 खिरका दानाहरु सलबलाउदै छन् 

 समथल भूभागमा अवतरण गरेका छन् खिरका दानाहरु
 एउटा कुना देखि अर्को सम्म फैलिएका छन् खिरका दानाहरु 
प्रचण्ड ज्वारो आएर पनि खिलखिलाउदा, 
खेलिरहेका छन् खिरका दानाहरु
 ज्वारो अलि कमहुन पाएको छैन अपहरीत हुन्छन  पुष्पक विमानमा 
र् केही समयको उडान पश्चात् गहिरो ओडारमा अवतरित हुन्छन् 
 अनि स्वचालित शक्तिको प्रभावमा, पिल्सिएर रगडिएर निस्वास 
भइ अवसान हुन्छन् खिरमा दानाहरु ।।

Comments

Popular posts from this blog

Give a minute