सानो कारक
अस्तित्व जलेर, डढेर, गलेर खारानी हुन
अग्निको छोटो स्पर्श नै काफी छ
किनारामा कोरिएको मानचित्र क्षण भरमै गायव हुन
केवल पानीको एउटा छाल नै काफी छ
मनको ऎनामा देखिएको विशाल संसार टुक्राटुक्रा हुन
केवल सानो धक्का नै काफी छ
नियन्त्रीत जहाज अनियंत्रित हुन वायुको सानो चाप नै काफी छ
रक्षक मानिएकी पृथ्वीलाई भक्षक हुन संक्षिप्त भौगोलिक उथलपुथल नै काफी छ
स्वतन्त्रता, स्वाधीनताको यूगिन उपलब्धी खोसिन क्षूद्र राजनैतिक स्वार्थ नै काफी छ
वर्षभरिको मिहिनेत-परिश्रमको बाली नष्ट हुन भूसुने किरा नै काफि छ
स-साना भन्दा स-साना तत्त्वबिचको छोटो क्रियाले अमुल्य आविष्कार हुन काफी छ
सानो सानो कारक नै काफी छ।

Comments
Post a Comment