असार




Asaar round the Corner: Rain about to pour down in Suntakhan
 Photo: Rupak Bhandari



सुस्केरा हाल्दै उ यतै आउँदैछ
 पवनलाई दूत बनाइ सारालाई सुचित गर्दैछ
 लाजले होकि खै गिरि घुम्टो ओढ्दै मुसुमुसु हाँस्दैछे
 नदिनाला, छहरा लाग्छ त्रासदिको संकेत गर्दैछन्
 चराचुरुङ्गी बेसिँ झर्दै छन्, चमेरा ओडार पस्दैछ्न्
 भ्यागुताको ट्वारट्वार टड्कारै सुनिन्छ
 घाम, पानी र बादलले आकाशमा लुकामारी खेलेको देखिन्छ
 बादल आफै सुसाउन खोजे जस्तो
 असारको स्वागतमा अनगिन्ती तोपको सलामी दिदै  ||

Comments

Popular posts from this blog

Give a minute