अष्पष्ट पङ्तिहरु
मलिन घाम
सरर बगिरहेको चन्चल वेग
धमिलो अस्तित्व ।।
ठन्डी, जाडो अनि
निरन्तरको मुसलधारे वर्षा
तर जलिरहेको अन्तरमन ।।
बादलले ढाकेको बिहानी
चियाउन खोजीरहेको सुर्य
अन्ततः उदाउँदो घाम ।।
सुत्केरी बेथाको बिचमा
जिवन र मरणको दोसाँधमा
नयाँ शक्तिको संघर्ष ||
सुत्केरी बेथाको बिचमा
जिवन र मरणको दोसाँधमा
नयाँ शक्तिको संघर्ष ||
Comments
Post a Comment