मैले चोरेको पचास रुपैया
भुटेको भात, रोटी अनि मकै भट्मास दिनहु खान
नत्र चिउरा चपाउन अभ्यस्त मेरा दन्त,
र स्वाद नपाएको जिब्रोले चक्लेट, क्यान्डी, चाउचाउ र दालमोठका प्यकेटमा
बालसखाले मुखै रसाउने गरि आनन्द लिएको देखेर
आकाशको फल आँखा तरि मरको घुटुक्क थुक निल्नु बाहेक विकल्प थिएन,
र थिएन चेतनाको सानो कण,
बोध मेरो क्षणिक लालसाको परिणामको
थिए म त व्यग्रतामा लिप्त चक्लेट, चाउचाउ र दालमोठका अमृतान्न स्वादको
खस्रो, सार्हो र गिलो छोडी मीठो, गुलियो अनि पिरोलाई पछ्याउँने मेरो धोको,
के थाँहा मलाई यिनका पुर्खा एकै हो
के थाँहा मलाई पचासको मजा केवल पाँच मिनेट हो
असल चरित्र पोतिएको क्यानभास दाग र धब्बाको पोतो हो
के थाँहा मलाई मायाले सुम्सुम्याउने मेरा गालामा त्यो पचाँस रुपैया कहिले नमेटिने पाँच औलाको डाम हो ।

Comments
Post a Comment