केरकार

म मेरी कान्छी दिदिको निवासको प्रथम तल्लाको प्रथम देव्रे घुमाइ पछि पुगिने अन्दाजी २०×९को कोठाभित्रको दाहिनेमा पर्ने सोफामा उपरखुट्टी लगाएर आकाश चढ्न उद्दत भाष्कर र उसकै चमकले देखिएको नागवेलीमा आवतजावत गरिरहेका मानव र मानवीय साधनहरु नियाल्दै छु ।


 स्यारस्यार... स्यारस्यार... स्यारस्यार ट्याकट्याक टुकटुक... ट्याकट्याक टुकटुक । म अगाडि ठिङग उभिएकि अन्दाजी एकफुटे महोगनी(Mahogany) टेबुल एम्ब्रोइडर्ड(embroidered) ... (नामै आएन, दिदिलाई सोधे "रुमाल"रे) , र रुमालै, ओढेर बसिरहेकी छ।कोठामा उपस्थित अर्को पात्र, दिदिको जेठाजु, टेबुलको टाउकामा अड्याइएको इनभोइसको थाक छिचोल्दै क्यालकुलेटरका किज थिच्दै बलपेन कुदाउदै छन् होलसेल व्यापारको प्रतिस्पर्धामा । फुर्सद मिल्छ कि अलिकति, क्यलकुलेटरबाट हात हट्छ,कलमको रफ्तार घट्छ अनि शुन्यमा झर्छ र  उद्देगलाग्दो दौडको कारणले हो वा अर्को पात्र उपस्थितिको अवगतले हो "च्याँ खाइयो त बाबु? " को प्रश्नवाचक मेरो अगाडि तेर्सिन्छ। "अँ, मैले त खाइसके" को जवाफमा प्यय पदार्थ पनि खाइसकेको हुन्छु । फेरि उनको ध्यान क्यलकुलेटर तिरै फर्किन्छ अनि दौडिन्छन् रोकिएका कलम एकतमासले । घुचुक्क ब्रेक लगाएर 
सोध्छन् "अहिले बिदा छ बाबुलाई ? " अनि म तुरुन्तै हो को सर्टह्यान्डमा आउछु। फेरि उनी दौड्पट्टी, म भने झ्यालबाट देखिएको पिपलको बोटपट्टी । "बाबुले कम्पुटर पढ्नु भाको हो ? "ले सन्नाटा चिर्दै उनी फेरि प्रश्नवाचक मै फर्किन्छन् र म अब हजुरको सर्टह्यान्डमा सर्छु। उनी फेरि फर्किए र मैले पनि रेसिप्रोकेट(reciprocate) गरे। उनी उठ्छन, पाँच दस सेकेन्ड गम्छन् र बाहिरी हुनछन् एकैछिनमा र म भित्रन्छु अब विचारहरु छरपस्ट एउटा अशान्त कोठामा सोचमग्न हुन।


 एकाबिहनै जेठी दिदिले फोन गरेकी थिइन गहुँ काट्ने खेताला र म चाडैं नै घर फिर्नुपर्ने सन्देशले। मलाई भने हल्का ज्वारोले समातेको छ उषाकाल देखिनै ।

 (शंकर शैलीको छत्रछायामा)

Comments

Popular posts from this blog

Give a minute