के तिमी त्यहाँ गयौ ?
के तिमी त्यहाँ गयौ
जहाँ आजकाल सबैजसो धाउने गर्छन्
के तिमी त्यहाँ गयौ
जहाँ जोस र होसलाई हत्केलामा राख्ने गर्छन्
के तिमी त्यहाँ गयौ
जहाँ मिलन र बिछोडका विन्दुहरु अनगिन्ती हुन्छन्
के तिमी त्यहाँ गयौ
जहाँ आवरण र वस्त्रहरुको बाजर लाग्ने गर्छन्
के तिमी त्यहाँ गयौ
जहाँ भावनाहरु यत्रतत्र भौतारिइरहेका हुन्छन्
के तिमी त्यहाँ गयौ
जहाँ आकाशगंगा र निस्पट्ट निशा एकाआपसमा समाहित हुन्छन्

Comments
Post a Comment