आठपहरिया
पार्थिव शरीरको अवशेषमा टिकेको जीवन क्षणिभङ्गुर हो
र अस्तित्व बहुआयामिक पहर-रुपि चक्र हो भने:
सुखदुःख घामपानीको एक पहर
पसिना र परिश्रम अर्को पहर
प्रेम र सानिध्यता तेस्रो पहर
लालित्य र उपमा चौथो पहर
मोहमाया र लुब्धता पाँचौ पहर
स्नेह र सम्बन्ध छैटौं पहर
म मेरो अनि हाम्रो सातौ पहर
आदि देखि अनन्तसम्मको शिवत्व आठौं पहर होकि ?
Comments
Post a Comment