कालो मसि

यो कालो मसिको साहयताले म के गर्दैछु ?
मलाई कोर्दै छु या केर्दै अनि कोतर्दैछु आफैलाई
यी तिखा सुइराले,
बारम्बार, अनवरत ?
क-ज्ञ को परिधिभित्र कैद रहेर मैले भ्रमनगरीको मात्रै भ्रमण गरेको छु
अहिलेसम्म, एक्लै ।
हिडेको छु गल्ली र गोरेटोहरु यायावर सरि
सार्दै आफ्ना पाइलाहरु एकपछि अर्को
काइकुइ र कल्याङमल्याङको कोलाहल  हुदै ।
ग्राफिटीले ढाकेको भित्ता जस्तो,
ट्याटुले छोपेको शरीर जस्तो
ल्यान्डफिल नबनोस् यो कालो मसिको कलमको थुप्रोले ।।

Comments

Popular posts from this blog

Give a minute