झक्झकाहट

कलकल बगिरहेको अविरल सरिता
सिरसिर बहेको सुरिलो पवन
लहलहाउँदै गरेका कोमल तरुपल्लव अनि लताहरु
क्षितिजबाट उठेको रवि
र
सांसारिकताबाट आजित नरनारीलाई
गिँज्याइ रहेछ्न्
यिनका स्थिरतालाई जिल्याइ रहेछन्
दिवास्वप्नमा मस्त यिनलाई झक्झकाइ रहेछन्

Comments

Popular posts from this blog

Give a minute