ती पाइलाहरुको पर्खाइमा
यो लमतन्न परेर पसारिएको
कसैले बनाइदिएको मुलसडकमा
आफ्ना पाइला चालेर
आफ्नो गन्तव्यमा पुग्नेछु भन्ने अन्धविश्वासग्रस्त म
रुमल्लिमात्र रहन्छु यायावर बनि
यिनै सडकबाट बाँडिएका दोबाटो र चौबाटोमा,
सडकलाई एक्लो पार्दै
छरिएका बाटाहरुबाट च्यातिएका गोरेटाहरु सुनसान छन्
व्यग्र छन्
ती पाइलाहरुको पर्खाइमा
चौताराहरु आह्वानको साउती गर्छन्
म जस्ता बाटो बिराएका वा नसमाएकाहरुको,
आफू हिड्ने बाटो बनाउन र गोरेटो कोर्न प्रयत्नरत
अनि सङघर्षरतहरुको
पथप्रदर्शक हुन |
आफु गम्तव्य पुग्ने पथको परखाईमा,
ReplyDeleteपथ पदप्रदर्सकको पर्खाईमा र पर्खाई आफ्नो अर्थको पाईला खोज्दै छ।