अनायास एक बिहान

कोही व्यत्ति विचारशून्य भएको बेला लेख्ने पर्यत्न गर्न खोज्छ भने उसको हालत मेरो जस्तै हुनेछ कारण म भर्खरै निदरीबाट ब्युँतिएर केही काम नभए सरी कलम समातेर बसिरहेको छु | वरिपरि केही पानाहरु पल्टाएका पुस्तकहरु एक माथि अर्को खप्टिएका छन् तर यिनबाट विचार सापटी माग्ने किञ्चित इच्छा पनि ममा छैन |
कहिलेकाही त लाग्छ सायद यो ध्यानको लागि सर्वोतम मनस्थिति हो र व्यर्थमा कलमलाइ दाँयाबाँया, तलमाथि सार्नुको रीतिलाइ तत्काल त्यागी कलमलाइ केही बेर आराम दिउ, पर्दाका कापबाट च्याउन थालेका घामका किरणको न्यानो स्पर्श  पाउन बाहिर निस्किउ, त्यो भन्दा पनि पहिले चियाको एकएक सिप लिदै आलस्य 
शरीरका कणकणमा जीवनतरगं सञ्चारित गरु | तर यी वाक्यहरु लेखी भ्याउँदा-नभ्याउँदा वृहत मेघ सम्मेलनमा सहभागी हुन आएका हरुले सम्पूर्ण उपत्यकामा स्याँल छोडिदिन्छन् र म सिरसिरे बतासको कठ्याङ्ग्रिदो प्रहारको आघातसँगै चिसो कपतिर नजर घुमाउदछु ।

Comments

Popular posts from this blog

Give a minute