केरकार २
बिहानीकाे न्यानाे घाम क्षितिजमाथि उठिसक्दा र सिङ्गै डल्लाे भैसक्दा म ओच्छ्यानमा अझै डल्लाे परिरहेकाे छु । निद्राले छाेडेकाे तर आलस्यताले जकडेकाे हुदाँ म डल्लाे नै भैरहे, अर्थात मेराे मुद्रामा कुनै परिवर्तन आएन । हिजाेकाे ज्यादा कसरतले हुदाेँ हाे जीउ पनि चलमल गर्न मानिरहेकाे छैन । दाइने गाेडाकाे घुँडाका अवयवमा दुखाइकाे अन्तर हिजाेकाे दाँजाेमा अलि कम भएकाे भने पक्कै छ । आनाकानीकाे बावजुद हिजाेकाे फुट्सल खेलमा सरिक भएकाे थिए, त्यसैकाे देन हाे याे दुखाइ ।
सांसारिक दिनचर्याले शनैः शनैः बाटाे तताइरहेछ जसरी आकाशकाे चहकिलाे डल्लाेले तताइरहेछ पृथ्वीकाे केही भूखण्डलाई । चारदिवारी भित्र लुटपुटिएका मानव अस्तित्वहरू विस्तारै तङ्ग्रिएर मुलसडकमा आफ्नो अस्तित्वका टक-टकाहटले मलाई उठाउन भरमग्दुर यत्न गरिरहेछन् र गरिरहेछ बन्द ढाेकाकाे सानाे अन्तरबाट देखिएकाे चिल्लाे सडकमा परेकाे रश्मीकाे आँखा तिर्मिर्याउने परावर्तनले ।
करैले अब म चलमलाउदछु अनि साेझै एकदुई पाइला सार्दै झ्यालका पर्दाकाे मुखाभिमुख हुनपुग्दछु । पर्दा उघारेर झ्याल चुकुलमुमुक्त गर्नासाथ प्रभातकाे न्यानाेपना, चराचुरूङगीकाे चिरविराहट, सूर्यकान्तिकाे प्रभा र स्वच्छ अनि शीतल पवन काेठामा एकैसाथ प्रवेश गर्छन् । अब समग्रतामा म ब्युँझिएकाे छु, पञ्चमहाभूत र मानव-भूतहरूले मलाई साँच्चै उठाएका छन् र उघारेका छन् अब मञ्चन हुने "आज" काे यवनिका पनि । अस्तु !

Comments
Post a Comment